arrow

यस्तो छ नागरिक लगानी कोषले ल्याएको नयाँ एप

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
citizen-investment-trust-bu.jpg

काठमाडौँ । नागरिक लगानी कोषले नयाँ एप सञ्चालनमा ल्याएको छ । कोषले ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको हो । 

कोषमा सहभागीहरुको सहजताका लागि भन्दै नयाँ परिस्कृत मोबाइल एप सञ्चालनमा ल्याइएको हो । 

नयाँ मोबाइल एप एन्ड्रोइड तथा आईओएस भर्सनमा हेर्न सकिन्छ । यसअघि यो एन्ड्रोइडमा मात्र हेर्न सकिन्थ्यो । 

नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरुको युजर नेम र पासवर्ड परिवर्तन भएको एसएमएसमार्फत जानकारी गराइएको कोषले जनाएको छ । 

कोषले ई–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लग इन गर्न सक्ने व्यवस्था गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ