- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका फोहर, पोस्टर टास्ने, अनावश्यक लेख्ने भित्ताहरुलाई मध्यनजर गर्दै वाल आर्ट रङ्ग्याउन शुरु गरेको छ ।
काठमाडौँ महानगरको संस्कृति झल्किने गरी खाली रहेका फोहर भित्ताहरुमा विभिन्न कलात्मक सामग्रीहरु रङ्ग्याउन शुरु गरेको छ । शुरुआती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ गराउन शुरु गरिएको छ ।
सुन्धारापछि त्रिपुरेश्वर ओरालो, प्रदर्शनी मार्गमा रहेका वालहरु, विमानस्थल, बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ ।