arrow

स्वीट्जरल्याण्डले युक्रेन शान्ति सम्मेलन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
russia-ukraine-war-ukrainian-soilder.jpg

स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएका छन् । 

सम्मेलनमा सय भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विदेशमन्त्री इग्नाजिओले बताएका छन् । 

उनले स्वीट्जरल्याण्डले युक्रेनमा हृदयदेखि नै शान्तिको चाहना गरेको छ भन्दै यो प्रयासले सार्थक नतिजा हासिल गर्ने अपेक्षा गरिएको बताएका छन् । 

यसैबीच स्वीस विदेश मामिला विभागको प्रेस विज्ञप्तिमा स्वीट्जरल्याण्डले युक्रेनमा शान्ति सम्बन्धी उच्चस्तरीय सम्मेलन सन् २०२४ जुन महिनामा बर्गेनस्टकमा आयोजना हुने अपेक्षा गरिएको उल्लेख छ ।

सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रमा आधारित रहि युक्रेनमा न्यायपूर्ण र स्थायी शान्तिका लागि उच्चस्तरीय संवादको मञ्च प्रदान गर्नु हो । यस सम्मेलनमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुको सहभागिता रहने छ । 

प्रेस विज्ञप्तिका अनुसार, स्वीट्जरल्याण्डले द्वन्द्व समाधान र शान्तिको खोजीमा सक्रिय रूपमा संलग्न रही युक्रेनको दिगो भविष्यलाई आकार दिन निरन्तर मद्दत गरिरहेको छ ।

यसैबीच, सन् २०२४ जनवरी १५ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बर्न भ्रमणको क्रममा स्वीट्जरल्याण्ड र युक्रेनले न्यायपूर्ण र स्थायी शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे छलफल गरेका थिए । 

परिणामस्वरुप स्वीट्जरल्याण्डले उच्चस्तरीय सम्मेलन आयोजना गर्न सहमत भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ