arrow

पहिलो महिला अन्तरिक्ष यात्रीलाई बेलारुसको नायकको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
belarus-map.jpg

काठमाडौँ । बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीबार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गरेका छन् । 

देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रुसी सोयुज एमएस—२५ अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा उडान गरेकी थिइन् । 

उनी अप्रिल ६ मा सफलतापूर्वक फर्किएकी थिइन्। लुकासेन्कोले समारोहमा आइएसएसमा भासिलिभस्कायाको उडानले बेलारुसको अन्तरिक्ष कार्यक्रमहरूमा सहभागिताको लागि नयाँ कोसेढुङ्गा भएको बताए । 

बेलारुसको नायकको उपाधि बेलारुसको सर्वोच्च सम्मान हो । जुन देश र समाजमा उत्कृष्ट योगदान र राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र समृद्धिको नाममा उत्कृष्ट सेवाहरूको कदर स्वरूप प्रदान गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ