arrow

गोदरेजको नयाँ वर्ष अभियान "थटफूल न्यू इयर विशेष" क्यासब्याक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
cg-godrej-appliances.jpg

काठमाडौँ। घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विशेष’ नामक अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले गोदरेजका घरायसी सामानहरू खरिद गर्दा रु ३०,००० सम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।

थटफूल न्यू इयर विशेष योजना अन्तर्गत ग्राहकहरूले सिङ्गल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन्। त्यस्तै ग्राहकहरूले ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा नि:शुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन्। गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकहरूले नि:शुल्क स्थापना पाउन सक्नेछन्।

यो योजना  चैत्र ३०, २०८० बाट सुरु भई नेपालभर सीमित अवधिको लागि लागू हुनेछ। ६६ वर्षको इतिहासका साथ, गोदरेजले हरेक घरपरिवारका आवश्यकताहरू पूरा गर्न विभिन्न खानाको तयारी, मौसम नियन्त्रण, कपडाको हेरचाह र सफाइ सम्बन्धित उत्पादनहरू प्रदान गर्दछ। गोदरेज अप्लायन्सको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत ईओएल प्रालि रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ