arrow

एसीसी प्रिमियर कपः नेपाल मलेसियाले दिएको १४४ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
acc-premier-nep-mal-2024.jpg

काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेलिरहेको छ । 

ओमानको अल अमेरत क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १४४ रनको चुनौती पछ्याउँदै छ । 

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दैै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए । 

शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । 

दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए । 

नेपालको प्लेइङ ११ मा कप्तान  रोहितकुमार  पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा,  ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा छन् । त्यस्तै बेन्चमा प्रतिश जिसी, विवेक यादव र अनिल शाह छन् 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ