arrow

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुआत, मलेसियामाथि ५ विकेटको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
rohit-dipendra-24-04-12.jpg

काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।  

ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए । 

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दैै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए । 

शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । 

दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए । 

प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् । यो समूहको दोस्रो खेलमा कतार र हङकङले खेलेका छन् । 

समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । पहिलो खेलमा ओमानले बहराइनलाई ३ रनले तथा यूएईले कुवेतलाई ७ विकेटले हराएको छ । 

    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ