- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । खेल अपरान्ह ४ः१५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दा कतार भने हङकङसँग २६ रनले पराजित भएको थियो ।
आजै बहराइन र यूएई, कम्बोडिया र कुवेत तथा मलेसिया र साउदी अरेबिया भिड्दै छन् ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् ।
समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।
नेपाल र मलेसियाबीचको पहिलो खेल
नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए ।
खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए ।
शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् ।
दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।