arrow

कर्कट राशि भएकाहरूका लागि वर्षभरि नै वृहस्पति र केतुले धनार्जनका नयाँ स्रोत र अवसर मिल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
horoscope-karkat-cancer.jpg

काठमाडौँ । कर्कट राशिका लागि ग्रह गोचर यस वर्ष मध्यम रहनेछ । वर्षभरि नै वृहस्पति र केतुले धनार्जनका नयाँ स्रोत र अवसर मिल्नेछ । शनि र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । शनि र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ । अढैया शनिका प्रतिकूल प्रभाव वर्षभरि नै रहनेछ । कर्मेष र सप्तम अष्टम शनि अष्टम स्थानमा रहेकोले अर्थिक रूपमा अवस्था अनुकूल देखिन्न । 

स्वास्थ्यको अवस्था पनि राम्रो देखिन्न । हाडजोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रूची देखिन्न । बेलाबेलामा मन विचलित भइरहनेछ । बैशाख १८ गतेबाट गुरू अनुकूल हुने भएकोले परिश्रमबाट काममा सफलता मिल्नुको साथै सत्रु पराजय हुने र मित्रको सहयोग पाउने योग छ । पढाइमा रुचि बढ्ने, लेखन मार्गमा सफलता मिल्ने र बौद्धिक क्षेत्र बलियो हुनेछ । नोकरी तथा राजनीतिमा बौद्धिकता उपयोग गरे लक्ष्य अनुसार अघि बढ्न सकिनेछ । राजनैतिक नियुक्तिको सम्भावनाका साथै कुटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ ।

भएका सन्तानबाट सुख र नहुने को लागि सन्तान प्राप्तिको योग पनि यो वर्ष बलियो छ । शैक्षिक उन्नतिका अवसर प्रसस्तै मिल्नेछन् । छात्रवृत्ति हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ । नयाँ घर, सवारी जोड्ने अवसर मिल्नेछ । व्यापारमा उच्च प्रगतिको योग छ । प्रेम प्रसंगले वैवाहिक मार्ग अबलम्वन गर्नेछ । विवाहितको दाम्पत्य जीवन सुखमय रहनेछ ।

वैशाख, ज्येष्ठ, आश्विन, चैत्रमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने र धन मनग्य कमाउने अवसर मिल्नेछ । यो समय महत्वपूर्ण कामका लागि अनुकूल रहनेछ भने आषाढ, कार्तिक, फाल्गुन धेरै समस्या झेल्नु पर्ने समय हो । स्वास्थ सन्तुलित राख्न अलि धेरै हिड्ने प्रयास गर्नुहोला । खानपानमा विचार पुर्याउनु  होला । नगद सहयोग गर्न बन्द गर्नुहोला । बलको काममा भन्दा वुद्धिको काममा जोड दिनुहोला । वर्षभरि नै बिहान उठेर ॐ नमः शिवाय यो मन्त्रको १०८ जप गर्नु वेश हुनेछ ।

व्यापार/व्यवसायः व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ, तर बैशाख र पौष महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला । आर्थिक दृष्टिले असर, असोज, माघ र फागुन महिना बढी सकारात्मक हुनसक्छ ।

प्रेम/सम्बन्धः यो वर्ष घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ । शत्रुसँग को सम्बन्धमा सुल्झन सक्छ । प्रेम सम्बन्धको लागि नयाँ प्रेमसम्बन्ध स्थापित पनि हुन सक्छ । असार महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थिति पनि सिर्जना हुनसक्छ ।

शिक्षाः यो वर्ष शिक्षाका लागि सफल र फलदायी नै रहने भएकाले नतिजा राम्रो पाइनेछ । प्राविधिक र व्यवस्थापनका विद्यार्थीलाई बढी सफलता मिल्ने देखिन्छ । पढाई लेखाइको लागि विदेश जाने योग पनि छ । सामाजिक व्यवस्थापन, टेक्निकलका विद्यार्थीलाई भने यो वर्ष कमजोर सावित हुनसक्छ ।

पेशा/रोजगारः यो वर्ष नयाँ रोजगार प्राप्तिको राम्रो योग रहेको छ । वैदेशिक रोजगारीको लागि भने त्यति राम्रो हुने देखिन्न । सुरक्षा, शिक्षा, वैदेशिक, तथा राजनैतिक क्षेत्रका व्यक्तिलाई निकै राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला । पत्रकारिता, चालक र पहिरन पेशामा आवद्ध व्यक्तिलाई अधिक सफलता मिल्नेछ ।

स्वास्थ्यः वर्षको सुरुका दिनमा स्वास्थ्यमा समस्या आउन सक्छ, तर उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना रोग काम हुन सक्छ । राहु र शनिको कारणले शरीरले दुःख पाउने र घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । स्वास हड्डी, प्रस्वास र वायु विकारको समस्या बढ्न सक्ने भएकाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

शुभ रङ्गः पहेँलो, हरियो, खैरो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्कः २, ३, ६, र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपायः बिहीबार विष्णु भगवानको दर्शन, पूजा आरधना र उपासना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा गर्ने र आफ्नो पितृ देवताको स्मरण गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहीबार विष्णु भगवानको मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । बृहस्पति र राहुको शान्ति गर्ने र पिपलको वृक्षरोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ