arrow

सपन तीर्थ मन्दिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
sapan-tirtha-mandir-kathman.jpg

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि लामवद्ध भक्तजन  तथा मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्दै अन्य भक्तजन । यहाँ नयाँ वर्षको पहिलो दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ ।

आज सपनतीर्थमा स्नान मेला पनि शुरू भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । 

सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि शुरू भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । जात्रा बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । 

नयाँ वर्षमा मनोकामना पूरा होस् भन्ने कामना गर्न, नराम्रा बानी छाड्न र राम्रा बानीलाई अँगाल्ने कसम खान, अपूरा काम पूरा गर्न दृढता कायम गर्न र आफ्नो भरोसा कायम राख्न मन्दिर जाने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ