arrow

एसीसी प्रिमियर कप

कतारविरुद्ध नेपाल आक्रामक ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
nepal-qatar-2024-cricket.jpg

काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले कतारसँग खेलिरहेको छ । 

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ । आक्रामक खेल्ने क्रममा नेपालले १८ रन जोड्दा ओपनर कुशल भुर्तेललाई १२ रनमा गुमाएको छ । दोस्रो विकेटका लागि आसिफ शेख र कप्तान रोहित पौडेलले आक्रामक नै खेलिरहेका छन् । 

पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दा कतार भने हङकङसँग २६ रनले पराजित भएको थियो । 

आजै बहराइन र यूएई, कम्बोडिया र कुवेत तथा मलेसिया र साउदी अरेबिया भिड्दै छन् । 

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् । 

समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । 

नेपाल र मलेसियाबीचको पहिलो खेल
नेपालले विजयी शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।  

ओमानको अल अमेरत क्रिकेट मैदानमा १४४ रनको चुनौती नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि आसिफ शेखले ३५ बलमा ३२, कप्तान रोहित पौडेलले २४ बलमा २८, कुशल भुर्तेलले २४ बलमा २४, दिपेन्द्र सिंहले ११ बलमा २०, गुल्सन झाले ७ बलमा अविजित रहँदै १९ तथा सन्दीप जोराले ९ बलमा अविजित रहँदै १२ रन बनाए । 

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १४३ रन बनायो । कप्तान विरनदीप सिंहले ५७ बलमा अविजित रहँदै ७२ रन बनाए । 

शरविन मुनिअन्डीले ३३ बलमा ४१ तथा मुहमद अमिरले १८ बलमा १६ रन बनाए । नेपालका लागि बलरहरुले कुनै जादू देखाउन सकेनन् । 

दिपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहराले १ विकेट लिए । 


    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ