arrow

संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णयपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
congress-parliament-11-24.jpg

काठमाडौँ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

कांग्रेस उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गरिरहेको बेला सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ