arrow

कीर्तिमानी दिपेन्द्र भन्छन् – चौथो छक्का हानेपछि छ छक्का हान्छु जस्तो लागेको थियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
dipendra-qatar-2024-04-13.jpg

काठमाडौँ । शनिबार एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत कतार विरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले छ छक्का हान्न सक्नुको राज खोलेका छन् ।  

२१ बलमा अविजित रहँदै ६४ रन बनाएका दिपेन्द्रले यस खेलमा २ विकेटसमेत लिएका थिए । दिपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन् । 

उनले अन्तिम ओभरमा छ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले टिम र प्रशिक्षकले आफूलाई सपोर्ट गरिरहेकै कारणले आफूले राम्रो खेलिरहेको बताएका छन् ।   

दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । 

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङ्गल्याण्डविरुद्ध सन् २००७ मा र वेस्ट इण्डिजका केरन पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ