arrow

दाउने खोलामा मिनी ट्रक दुर्घटना : एक बालकको मृत्यु, एकै घरका पाँचसहित आठ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
Accident-sign.jpg

मलेखु (धादिङ) ।  धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको दाउने खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने एकै घरका पाँचसहित आठजना घाइते भएका छन् ।

पतेनीबाट मल लिएर बारीमा जाँदै गरेको बा३ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेमध्ये पाँचजना बालबालिका छन् ।

नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयले घटनास्थलबाट घाइतेको उद्धार गरी अस्पतालतर्फ पठाएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ओरालो बाटोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ