arrow

पुजारी हत्यामासमेत संलग्न प्रहरीको सर्वाधिक खोजीका अपराधी शेख नुरुल्लाह पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
seikh-nurulla-criminal.jpg

रौतहट । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिनापछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्बर १ घर भएका ५२ वर्षीय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो ।

अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रुपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर बेलविछवा चोक नजिक रहेको नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । 

२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया बजारस्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दिर परिसरमै बसेर खाना खाँदै गरेको अवस्थामा देव्रे कन्चटमा गोली हानी भएको हत्यामासमेत उनी मुछिएका छन् ।

२०८० जेठ ११ गते मध्यराति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरीको भनाइ रहेको छ । 

तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार रहँदै आएको रौतहट प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसूरमा पक्राउ पुर्जी जारी गरेको थियो । 

गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरुमा विशेष निगरानी बढाएको र सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको डीएसपी गिरीले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ