arrow

पार्टी कमजोर छैन भन्ने देखाउन इलाम २ कांग्रेसले जित्नैपर्छ – डा कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
shekhar-koirala-81-01-03.jpg

इलाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम–२ को उपनिर्वाचन जसरी पनि कांग्रेसले जित्नै पर्ने बताएका छन् ।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरु चिन्तित छन् । सबैको मनोबल बढाउनु पर्ने छ । हाम्रा लागि यो उप निर्वाचन प्रतिष्ठाको विषय भएको छ’, कोइरालाले भने ।

कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए ।

उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जति जना आकांक्षी भए पनि टिकट एक जनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरुले मन दुखाउन नहुने उनले बताए । 

कोइरालाले यो उपनिर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले पनि नजिकैबाट हेरिरहेको भन्दै कांग्रेसका हरेक कार्यकर्ताले म नै उमेदवार हुँ भनेर निर्वाचनमा लाग्नमेत निर्देशन दिए । 

बैशाख १५ गते हुने निर्वाचनका लागि डा. कोइराला इलाम पुगेका हुन् । उनी चुनाव सकिएपछिमात्रै फर्किने बताइएको छ । शीर्ष तहका नेताहरु इलाम पुग्ने क्रम यहाँबाटै शुरु भएको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि इलाम पुगेर चुनावी महोल तताइरहेका छन् । 



लोकप्रिय समाचार
नयाँ