arrow

कांग्रेसले गुमायो अग्रज र अनुभवी नेता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
nepali-congress-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दु:ख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको निधनप्रति दु:ख व्यक्त गरेका हुन् । 

स्वर्गीय न्यौपाने विस २०४९ मा जिल्ला विकास समितिको गोरखाको सभापति भएका थिए । २०६४ सालको संविधानसभाको निर्वाचनमा गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बनेका न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेका थिए ।

विस १९९९ वैशाख १३ गते गोरखाको सिरानचोक गाउँपालिका–४ मा जन्मिएका न्यौपानेले प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा पटक–पटक हिरासत र जेलजीवन बिताएको कांग्रेसले जनाएको छ । विसं २०१७ मा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा सञ्चालित हरेक आन्दोलन र सङ्घर्षहरुमा निरन्तर सक्रिय रहँदै आउनुभएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

न्यौपानेको निधनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । देउवाले स्व न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन र लोकतन्त्रको पक्षमा निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ