arrow

सोमबार बन्यो टी–२० को दोस्रो सर्वाधिक रनको खेल, नेपाल शीर्षमै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
ipl-2024-head-kartik.jpg

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को इतिहासमा सोमबार सर्वाधिक रनको कीर्तिमान बनेको छ । सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलुरूबीचको खेलमा सर्वाधिक ५४९ रनको कीर्तिमान बनेको हो । 

बैंगलुरूमा भएको खेलमा हैदराबाद २५ रनले विजयी भयो । जसमा हैदराबादले २८७ तथा बैंगलुरूले २६२ रन बनायो । यसअघि १९ दिनअघिमात्र हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २७७ रन बनाएको थियो  । 

आईपीएलकै इतिहासमा सर्वाधिक रन बनाएको हैदराबादले १९ दिनपछि कीर्तिमानमा सुधार गरेको हो । 

हैदराबादले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछ्याएको बैंगलुरूले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बैंगलुरूका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले २८ बलमा ६२ रन बनाएका थिए । त्यस्तै विराट कोहलीले २० बलमा ४२ रन बनाएका थिए । प्याट कमिन्सले ३ विकेट लिए । 

यसअघि हैदराबादले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो । ट्राभिस हेडले ४१ बलमा १०२ तथा हेन्रिक क्लासेनले ३१ बलमा ६७ रन बनाएका थिए । त्यस्तै अब्दुल सामदले १० बलमा अविजित रहँदै ३७, आइडेन मार्करमले १७ बलमा अजिजित रहँदै ३२ तथा अभिषेक शर्माले २२ बलमा ३४ रन बनाए ।

टी–२० को इतिहासमा हैदराबादले बनाएको यो दोस्रो ठूलो योगफल हो । 

टी–२० अन्तर्राष्ट्रियमा नेपालको रेकर्ड
टी–२० अन्तर्राष्ट्रिय सर्वाधिक रनको रेकर्ड भने नेपालको नाममा रहेको छ । नेपालले मंगोलियाविरुद्ध सन् २०२३ को एसियन गेम्समा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । 

दोस्रो हैदराबादले बैंगलुरूविरुद्ध बनाएको ३ विकेटको क्षतिमा २८७ रन हो भने तेस्रो अफगानिस्तानले आयरल्याण्डविरुद्ध सन् २०१९ मा ३ विकेटको क्षतिमा २७८ रन हो । 

आजको खेल

आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दैछन् । खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।



लोकप्रिय समाचार
नयाँ