arrow

गोसाइँकुण्डमा केबुलकार बनाउन पहल गर्छु : मन्त्री गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
padam-giri-minister.jpg

रसुवा । कानून तथा संसदीय व्यवस्थामन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भए पनि गोसाइँकुण्डमा केबुलकार निर्माण गर्न पहल गर्र्ने बताएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप  भलिबलखेल, १२ औँ रेडपाण्डा ट्राफिक तथा २९ वन्यजन्तु सप्ताहको धुञ्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् ।

मन्त्री गिरीले केबुलकारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बँुदा समयसापेक्ष परिमार्जन गरी स्थानीयवासीको माग र आवश्यक्ता पूरा गर्न/गराउन आफू प्रतिबद्ध रहेको बताए । 
         
कुनै पनि कार्य गर्दा वा गराउँदा जैविक विविधताको संरक्षणलाई ध्यानमा राखी गरिने उनको भनाइ छ । 

कानुनमन्त्री गिरीले सीमावर्ती रसुवागढी क्षेत्रको भ्रमण गरी सीमाबाट वारिपारि आउजाउका विषयमा समेत जानकारी लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ