arrow

सल्यान बस दुर्घटनाः १४ जना घाइते, चारको अवस्था गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
Accident-sign.jpg

पोखरा । सल्यानमा आज बिहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

बाँकी १० जना यात्रुको अवस्था भने सामान्य रहेको सल्यान प्रहरीका डीएसपी नवीन कार्कीले जानकारी दिए । 

डीएसपी कार्कीका अनुसार आज बिहान १०ः४५ बजे सल्यानको बागचौर नगरपालिका वडा नं २ सिङबाङमा दुर्घटनामा परेको हो । 

दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर राप्ति राजमार्गबाट तल खोलामा खसेको हो । 

सबै घाइतेलाई स्थानीय मेडिकलमा पठाइएको छ भने गम्भीर घाइतेलाई अन्यत्र पठाउने तयारी भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ