arrow

पोखरामा सवारी दुर्घटना, आठ जना चिनियाँ नागरिक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
Accident-sign.jpg

पोखरा । पोखराको राष्ट्रबैंक चोकमा आज बिहान ४ः२० सवारी दुर्घटना हुँदा आठ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार ड्यासाइडबाट रत्नचोकतर्फ जानेक्रममा बा१३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ जानेक्रममा बा१प ८५१ नम्बरको हाइस एकापसमा ठोकिएर दुर्घटना भएको हो ।

हाइस गाडीमा १३ जना चिनिया नागरिक रहेको बताइन्छ ।

दुर्घटनामा परेको स्कार्पियो एक्सप्रेस मनिचेञ्जरको सटरमा ठोक्किदा सटर नै फुत्किन पुगेको छ ।

दुबै सवारी र चालक बैदाम प्रहरी नियन्त्रणमा छन् ।



नयाँ