arrow

आगोले जलेर वृद्दाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
fire-final.jpeg
तस्बिर-फाइल

स्याङ्जा । आगो निभाउने क्रममा जलेर बिहीबार दिउँसो स्याङ्जाको बिरुवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका ७ कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर गुरुङका अनुसार आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गई आगो निभाउने क्रममा जली गुरुङ घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ