arrow

पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित, आज लखनउ र चेन्नई खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
ipl-2024-mi-pk.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पञ्जाब किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । 

गएराति मोहालीमा भएको खेलमा मुम्बई ९ रनले विजयी भएको हो । 

पहिले ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा १९२ रन बनायो । सूर्यकुमार यादवले ५३ बलमा ७८, रोहित शर्माले २५ बलमा ३६ तथा टिलक बर्माले १८ बलमा अविजित रहँदै ३४ रन बनाए । 

हर्षल पटेलले ३ तथा साम कुरानले २ विकेट लिए । 

जवाफमा पञ्जाबले १९.१ ओभरमा अलआउट हुँदै १८३ रन बनायो । आशुतोष शर्माले २८ बलमा ६१ तथा शशांक सिंहले २५ बलमा ४१ रन बनाएको इनिङ्समा प्लेयर अफ द म्याच जसप्रित बुमराह र गेराल्ड कोट्जीले समान ३–३ विकेट लिए । 

आजको खेल
आज लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजे लखनउमा हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ