arrow

दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस धारावतीमा दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
Accident-sign.jpg

काठमाडौँ । दोलखाबाट जन्ती लिएर आउँदै गरेको बस त्रिपुरासुन्दरीको धारावतीमा दुर्घटना भएको छ ।   

सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । बस भिरबाट खसेकाले उद्धारमा केही समस्या भएको छ ।

वडाध्यक्ष माधव थानीका अनुसार मृत्यु हुनेमा शिव श्रेष्ठ, मानबहादुर थानी र दिपेन्द्र थामी रहेका छन् । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी खाडीचौर अस्पतालमा पुर्‍याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ