arrow

काठमाडौँ अवतरण गरेको विमानमा भेटियो डेढ किलो बढी सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ७ शुक्रबार
indigo-866x487.jpg

काठमाडौँ । आगमनबाट आएको विमानमा डेढ किलो भन्दा बढी सुन भेटिएको छ । काठमाडौँ अवतरण गरेको इन्डिगो एयरमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको हो । 

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट ६ई११५१ को इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले बताए ।

बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरू दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ । 

सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ