arrow

जन्ती बोकेको जीप दुर्घटना हुँदा १० घाइते, चालक फरार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
accident-final.jpg

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । 

शुक्रबार राति लु १ ज २५३५ नम्बरको जीप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । 

 भित्री कच्ची सडकमा दुर्घटना हुँदा जीपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।

सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ