arrow

विश्वमै वायु प्रदूषण बढ्दो, काठमाडौँ तेस्रो स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
kathmandu-weather-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अझै कम हुन सकेको छैन । दुई सातादेखि हुन थालेको अस्वस्थकर अझै यथावत् रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ्य बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौँ उपत्यकाको बिहान १० बजेको वायुप्रदूषण १६४ एक्यूआई मापन गरिएको छ । काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  ।    

पहिलो स्थानमा १६६ एक्यूआईसहित चीनको बेइजिङ शीर्ष स्थानमा रहेको छ भने भारतको नयाँदिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ ।    

यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ्य मानिन्छ ।

प्रदुषण मापनमा शून्यदेखि  ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । 

१०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्यूआइलाई पनि अस्वस्थ्यकरका रुपमा लिइन्छ । 

२०१ देखि ३०० सम्मको अति अस्वस्थ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । 

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ