arrow

आगलागीबाट गुल्मीमा ८३ घरगोठ, सप्तरीमा २४ घर खरानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
fire-final.jpeg

काठमाडौँ । आगलागीबाट गुल्मीमा ८३ घर गोठ / कञ्चनपुरमा २४ घर खरानी भएका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले गुल्मीको इस्मा गाउँपालिका¬–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए । 

आगोले घरभित्र भएका अन्न, लत्ताकपडा, गरगहनालगायत सबै सामग्री नष्ट गरेकाले पीडित झनै समस्यामा परेका छन् । जङ्गलमा आगो लागेको बेला हावाहुरी चलेपछि नियन्त्रणमा कठिनाइ हुँदा आगो बस्तीमा पसेको थियो । जिल्लाको इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिकाका साथसाथै अन्य स्थानमा पनि आगलागी भइरहेको छ । 

त्यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–५ पडेमराको सरदार टोलमा सोमबार भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ ।  स्थानीय लालमोहन सरदारको गाई गोठमा बालेको आगोबाट आगलागी सुरु भएको थियो । आगलागीबाट १२ परिवारको २४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 आगलागीमा परी आशा सरदारको दुई वटा, लालबहादुर सरदारको दुई वटा, बिजुली सरदारको तीन वटा, बुटु सरदारको दुई वटा, करण चौधरी र समुन्द्री सरदारसहित १२ परिवारको २४ वटा घर जलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ