arrow

बाढीले चीनमा ११ जना बेपत्ता, ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
china-flood-24-04-22.jpg

काठमाडौँ । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ । हालसम्म ११ जना बेपत्ता भएका छन् भने अहिलेसम्म कसैको हताहतीको खबर आएको छैन ।

अनलाइन भिडियोहरूमा मानिसहरूलाई उनीहरूको घरबाट निकाल्ने प्रयास भइरहेको देख्न सकिन्छ।

धेरै नदीको पानीको सतह बढ्दै गएको र ती नदीहरु खतराको निशानभन्दा माथि बगिरहेका छन् । ग्वाङ्डोङ प्रान्तमा नदीको पानीको सतह रेकर्ड स्तर छुन नजिक रहेको प्रशासनले चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ