arrow

कटुवा पेस्तोलसहित तीन युवक नेपालगञ्जबाट पक्राउ 

logo
सौरभ गिरी,
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
crime-81-01-11.jpeg

नेपालगञ्ज । बाँकेमा कटुवा पेस्तोलसहित तीन जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ लोनियनपुरुवाबाट नेपालगञ्ज २३ का सदराम बागवान, सोही ठाउँ बस्ने साकिर अली बागवान र वडा नम्बर १४ बस्ने हुसेन बागवानलाई पक्राउ गरेको हो ।
 
भे ६ प ४९०२ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार तीनै जनालाई शंका लागेर चेकजाँच गर्दा हुसेनको साथबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको  १२केएफ९६  लेखेको गोली १ थान, मोबाइल ३ थानसहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ