arrow

गुड्दै गरेको ट्रकमा अचानक सल्कियो आगो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
truck-fire-.jpg

काठमाडौँ । काठमाडौँतर्फ आउँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान अचानक आगलागी भएको छ । 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा  रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेको उक्त ट्रकमा एक्कासी आगो लागेको हो । केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । 

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ