arrow

रोगब्याध पखाल्न बाईसधारा मेलामा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
22dhara-mela-2081-(15).jpg

काठमाडौँ । काठमाडौँको बालाजुमा बाईसधारा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा ल्हुतिपुन्हिका दिन बाईसधारा मेला लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाईसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ।

काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा रहेको बाईसवटा ढुंगेधाराबाट निस्केको जलमा स्नान गरे शरीरमा भएको रोगब्याध सबै पखालिने र दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वासले विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्छन् । 

यहा स्नान गरिसकेपछि स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन रहेको छ । जामाचोमा रहेको चैत्यमा विपश्वी बुद्ध आई बसेको मानिन्छ ।

22dhara-mela-2081 (1).jpg
22dhara-mela-2081 (2).jpg
22dhara-mela-2081 (3).jpg
22dhara-mela-2081 (4).jpg
22dhara-mela-2081 (5).jpg
22dhara-mela-2081 (6).jpg
22dhara-mela-2081 (7).jpg
22dhara-mela-2081 (8).jpg
22dhara-mela-2081 (9).jpg
22dhara-mela-2081 (10).jpg
22dhara-mela-2081 (11).jpg
22dhara-mela-2081 (12).jpg
22dhara-mela-2081 (13).jpg
22dhara-mela-2081 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ