arrow

दराजमा चोरी गर्ने तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
chor-pakrau.jpg

पोखरा । पोखराको नयाँबजारस्थित दराज अनलाइन डेलिभरी भवनमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।

उनीहरुले गत चैत २४ गते दराज अनलाइनको कार्यालयबाट लकरसहित नगद पाँच लाख ८२ हजार पाँच सय ८० रूपैयाँ, सामसुम मोबाईल र झोला चोरी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार उनीहरुको खोजी गर्नेक्रममा वैशाख १० गते पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा-१५, टुटुङ्गाका २९ वर्षीय अर्जुन परियार, पोखरा-१० रंगशालाका २७ वर्षीय विकास अधिकारी र पोखरा-२, नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी छन् ।

उनीहरुको साथबाट लकर र झोला बरामद भएको डीएसपी शर्माले जानकारी दिए ।

उनीहरुको साथमा चोरी भएका रकम फेला नपरेकोले अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ