arrow

दिल्लीले राख्यो प्लेअफ सम्भावना जीवितै, गुजरातमाथि रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
ipl-2024-delhi-win.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले प्लेअफ सम्भावना जीवितै राखेको छ । गएराति भएको खेलमा गुजरात टाइटान्समाथि चार रनको रोमाञ्चक जित हासिल गर्दै दिल्लीले प्लेअफ सम्भावना जीवितै राखेको हो । 

घरेलु मैदानमा भएको खेलमा दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा २२४ रन बनायो । कप्तान ऋषभ पन्तले कप्तानी इनिङ्स खेल्ने क्रममा ४३ बलमा अविजित रहँदै ८८ रन बनाए । उनले आठ छक्का प्रहार गरेका थिए । त्यस्तै अक्षर पटेलले ४३ बलमा ६६ रन जोडे । ट्रिस्टन स्टुब्सले ७ बलमा अविजित रहँदै २६ रन बनाए । 
सन्दीप वारियरले ३ विकेट लिए । जवाफमा गुजरातले ८ विकेटको क्षतिमा २२० रन बनाएर जित नजिक पुगेर पनि हारको सामना गर्नुपर्यो । 

साइ सुदर्शनले ३९ बलमा ६५, डेभिड मिलरले २३ बलमा ५५ तथा ऋद्धिमान साहाले २५ बलमा ३९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

रसिख सलामले ३ विकेट लिए । दुई क्याचसमेत लिएका पन्त प्लेयर अफ द म्याच भए । 

अंक तालिका
८ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

लखनउ सुपर जाइन्टस ८ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ । 

दिल्ली क्यापिटल्स ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा छ । गुजरात टाइटान्स ९ खेलबाट ८ अंकसहित सातौैँ स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलबाट ६ अंकसहित आठौँ स्थानमा छ । 
प्लेअफ होडबाट बाहिरिएको पञ्जाब किंग्सको ८ खेलबाट ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको ८ खेलबाट २ अंक छ । 

आजको खेल
आजको खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलुरू खेल्दैछन् । खेल बेलुकी ७ः४५ बजेदेखि हैदराबादमा हुँदैछ । 

हैदराबाद यो सिजन सर्वाधिक रन बनाउने टिम बनेको छ । आक्रामक ब्याटिङ गर्दै आएको छ । प्लेअफका लागि बलियो दाबेदारी दिइरहेको हैदराबादले घरेलु मैदानमा सबैभन्दा कमजोर बैंगलुरूमाथि फराकिलो जित हासिल गर्ने अपेक्षा गरिएको छ । 

तर बैंगलुरूलाई गुमाउन बाँकी केही पनि नरहेकाले खुलेर खेलेर हैदराबादलाई झड्का नदेला भन्न सकिन्न । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ