arrow

विश्वकै सर्वाधिक प्रदूषित सहर फेरि पनि काठमाडौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
kathmandu-dust-80-12-28.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि बढेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ्य बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार शुक्रबार काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार बिहान १०ः२१ बजे १९९ एक्यूआईसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ्य मानिन्छ । 

त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ । लाहोर १८१ एक्यूआईसहित दोस्रो स्थानमा छ । थाइल्याण्डको छियाङमाई १६८ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । 

प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआइलाई सतर्क रहनु पर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वासप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्यूआईलाई पनि अस्वस्थ्यकरका रुपमा लिइन्छ । 

२०१ देखि ३०० सम्मको अति अस्वथ्य्य अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।  काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । 

तीन सातादेखि काठमाडौँको वायु प्रदूषण निकै बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ