arrow

गुणस्तरका कारण नै वाइवाइ विश्वका ३५ भन्दा बढी देशमा बिक्री भएको छ – सीजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
waiwai-waiwai.jpg

काठमाडौँ । चौधरी ग्रुपको उत्पादन वाइवाइले गुणस्तरका कारण एसिया, युरोप र अमेरिकामा प्रसिद्धि पाइरहेको बताएको छ । उसले गुणस्तरीय उत्पादनमा कुनै पनि सम्झौता नगर्ने दाबी गर्दै वाइवाइ विश्वका ३५ भन्दा बढी देशमा बिक्री हुँदै आएको जनाएको छ । 

सीजीले नेपालमा चार दशकअघि ललितपुरको भैंसेपाटीस्थित इकाइबाट वाइवाइको  उत्पादन शुरु गरेको थियो । नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउने सीजी पहिलो कम्पनी हो । 

सीजी भन्छ, ‘आज सीजीले विभिन्न पाँच देशहरूबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको छ । विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नूडलल्सको वृद्धि पछाडिको एउटा प्रमुख कारक यसको गुणस्तर नै हो । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ र हरेक वर्ष यो प्रणाली थप परिस्कृत हुँदै गएको छ । 

सीजीले कच्चा सामान फ्याक्ट्री पुग्नुअघिदेखिनै गुणस्तरमा ध्यान दिएको र आपूर्ति गरिएका सामग्री सीजीको गुणस्तर मापदण्डहरू पूरा गरेको सुनिश्चित गर्ने काम गर्ने बताएको छ । 

प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नुअघि गुणस्तर जाँचको मापदण्ड पूरा गरेको हुनुपर्ने भन्दै सीजी भन्छ, ‘यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ । प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ । दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छ या छैन भनी सुनिश्चित गर्दछन् ।’

सीजीले यो जाँचका बारेमा थप अगाडि भनेको छ, ‘प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरिन्छन् जुन सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने गर्दछन् । कुनै त्रुटि देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारको लागि सम्पूर्ण प्रक्रिया नै रोकिन्छ । यस प्रक्रियामा गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुन्छन् जसले अन्तिम उत्पादन मानक अनुसार छ या छैन भनेर सुनिश्चित गर्दछ ।’

परीक्षण निकै नै गम्भीर हुने भन्दै सीजीले अगािड भनेको छ, ‘उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिन्छ जहाँबाट पुनः गुणस्तर परीक्षणको लागि नमूना संकलन गरिन्छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि (र्यान्डम्ली) नमूना संकलन गरिन्छ । प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिएको हुन्छ ।’

सीजीले आफूसँग योग्य प्राविधिक रहेको दाबी गर्दै भनेको छ, ‘सीजीसँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू छन् जसले प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गर्न काम गरिरहेका हुन्छन् । यस कार्यलाई प्रत्येक उत्पादन इकाइमा रहेका प्रयोगशालाहरू प्रयोग भइरहेका हुन्छन् । निर्माण इकाई प्रयोगशाला, आर एन्ड डी र केन्द्रीय सुपरल्याब गरी गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन भैरहेको हुन्छ । गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सीमित हुँदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पलसमेत लिइन्छ । यदि त्यहाँ कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आर एन्ड डी मार्फत गरिन्छ । प्रत्येक नयाँ उत्पादन नियमित उत्पादनमा जानु अगाडी आन्तरिक रूपमा मुल्यङ्कन र परीक्षण गरिन्छ ।’

सीजीले परीक्षणका प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरू मार्फत खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित रहेको पनि जनाएको छ ।  

सीजीले वाइवाइको गुणस्तरबारे कुनै शंका नगर्न आग्रह गर्दै भनेको छ, ‘विश्व प्रसिद्ध उत्पादनहरू आज अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेका छन् । गुणस्तरप्रतिको समर्पण र स्पष्ट परिभाषित उत्पादन प्रक्रियाका कारणले नै यो उत्पादन विदेशी बजारमा सफल भएको छ । वाइवाइको सफलता धेरै वर्षदेखिको विशेषज्ञताको व्यवस्थापन र समर्पणले गर्दा नै सम्भव भएको हो । त्यसैले नै सीजीका उत्पादनहरू नेपाल तथा धेरै राष्ट्रहरूका उपभोक्ताको रोजाइमा परेको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ