arrow

तयारी विश्वकपको

वेष्ट इन्डिजविरुद्ध नेपालको सनसनीपूर्ण जित

कप्तान रोहितले खेले कप्तानी इनिङ्स, ५४ बलमा ६ छक्का र १० चौकाको मद्धतले बनाए ११२ रन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
rohit-poudel-dipendra-81-01.jpg

काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले सनसनीपूर्ण जित हासिल गरेको छ ।  

घरेलु कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ६ छक्का र १० चौकाको मद्धतले ११२ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रन बनाए । 

वेष्ट इन्डिजका म्याथ्यु फोर्ड र ओबेड म्याक्कोएले समान २–२ विकेट लिए । 

यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको वेष्ट इन्डिजले आक्रामक खेल्दै ५ विकेटको क्षतिमा २०४ रन बनायो । 

कप्तान रोस्टन चेजले ४६ बलमा ७४ रन बनाए । त्यस्तै ओपनर एलिक एथानाजले २५ बलमा ४७ तथा केसी कार्लीले २६ बलमा ३८ रन बनाए । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, कमल ऐरी, अविनाश बोहरा र रोहित पौडेलले १–१ विकेट लिए । कमजोर बलिङ गरेको नेपालले १७ रन अतिरिक्तका रुपमा दिएको थियो । 

आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ ।

पाँच खेलको टी–२० श्रृंखला खेल्न पहिलो पटक वेस्ट इन्डिजको ए टिम नेपाल आएको हो । जितसँगै नेपालले श्रृंखलामा १–० ले अग्रता लिएको छ । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल आइतबार हुनेछ । तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ