- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगम लिमिटेडले इन्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै नेपालमा पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
जसअनुसार डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाइएको छ । तर पेट्रोल र एलपीजी ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ सात डलर वृद्धि गरिएको निगमले जनाएको छ ।