arrow

कीर्तिपुरमा बस दुर्घटना, त्रिविका प्राध्यापक रिजालको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
accident-final.jpg

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्राडा गोविन्द रिजालको मृत्यु भएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्राडा रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए ।

दुर्घटनामा परेर ३ जना घाइते भएकोमा उनीहरूको ट्रमा सन्टरमा उपचार भइरहेको छ। घाइते हुनेमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ