arrow

मातातीर्थमा तिर्थालुको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
matatirtha-.jpg

काठमाडौँ । स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । 

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । 

कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । 

कुण्डमा आज माताको श्राद्ध तथा उनको सम्झनामा तर्पण एवं दान गरेमा पुण्य हुने विश्वास छ ।
 
यसो गरेमा मातृ ऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । 

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । 

पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज विशेष रूपमा आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने परम्परा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ