arrow

छानबिन समिति गठन नभएसम्म सदनका बैठक चल्दैनन् – कृष्ण सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
krishna-sitaula-81-01-28.jpg
तस्बिर-फाइल

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारीको रकम अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता सिटौलाले उक्त समिति गठन नभए सदनका बैठक सञ्चालनमा सहजता नआउने स्पष्ट गरे ।

“संसदमा पटक-पटक संसदीय छानबिन समिति गठन गरौँ भनेर कुरा उठाउदै आएका छौँ”, उनले भने, “जहाँनिर शक्ति छ त्यहाँ छानबिन बन्द छ । गृहमन्त्रीको राजीनामा मागिएको छैन । कुरा उठेपछि वास्तविकता थाहा हुनुपर्छ ।”

उनले आफ्नो पार्टीको संसदीय दलको निर्णय पनि गृहमन्त्रीमाथिको छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको बताउँदै समिति गठन नभए संसद् बैठक अघि बढ्न नसक्ने बताए ।

“सरकारले छिट्टै सहमतिका आधारमा छानबिन समिति बनाउँछ भन्नेमा हामीलाई विश्वास छ,” उनले भने ।

राष्ट्रिय सभाको बैठक अवरुद्द भएको छ । अर्को बैठक जेठ १ गते बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ