arrow

सूर्यदेवकाे प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ वैशाख ३० गते आइतबार, इस्वीसंवत मे १२ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको पञ्चमी तिथि रातिमा ४ः४६ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा आद्रा दिनमा १ः१३ बजेसम्म त्यसपछि पुनवर्सु लाग्नेछ । विष्कुम्भादि योगमा धृति १५ घटि १४ पलासम्म त्यसपछि शूल योग लाग्नेछ । करणमा बब अहोरात्र रहनेछ । आनन्दादि योगमा ध्वाँक्ष रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३२ पला अर्थात १३ घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१९ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः४३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः३६ बजे र अस्ताउने समय रातिमा ११ः१५ बजे रहेको छ । आज आद्य गुरु शंकराचार्य जन्मजयन्ति, रामानुजाचार्य जन्मजयन्ति र अन्तराष्टिय नर्स दिवस रहेको छ ।

आजको राशिफल :

मेष : आजको दिन साँझसम्म ग्रहगोचरलाई समान्य फलिफापप्रद नै मान्नुपर्छ । अल्लि बढी ईच्छा गरेको तथा जोड्गरेको काम भने पूरा नहुने हो कि भन्ने आशंका देखिएको छ । बोलीवचन तथा अन्य तयारीको मुल्याङ्कन नमिल्दा निराशा पनि भइनसक्ने छ । तथापि साँझपछि शारीरिक एवम् मानसिक स्फुर्ति बढ्ने छ । रपनि काम कार्यमा अल्लि बढी मेहनत बढाउनु नै पर्नेछ । जसबाट रोकिएर रहेका कार्यहरु अगाडि बढाउन सकिने छ । व्यवसायले पनि फट्को मार्ने र मानसिक शान्ति मिल्नेछ । बन्धुबान्धबबाट पनि सहयोग मिल्ने छ भने व्यवसायिक लाभ हुनेछ ।

वृष : आजको दिन व्यवसायिक कार्यको विकास हुने तथा आर्थिक लाभको संयोग जुट्ने छ । प्राकृतिक रमाइलोपनको वातावरणको संसर्ग मिल्नेछ । अनूकुलताको महसूस हुनाले उमंग एवं उत्साह बढ्नेछ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्नसक्ने छ । अवसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन-भाषण आदिमा वाणीको ओजस्वीता बढ्नसक्ने छ । धनधातु एवं खजानाको कोष वृद्धि हुनेछ । परोपकार आदि समाजसेवा जन्य काममा पनि भूमिका निर्वाह गर्न पाइने छ ।

मिथुन : आजको दिन संघर्षकर छ । आयभन्दा खर्चको मात्रा बढी हुने र समस्या थपिने तथा गर्न लागेको कामकार्यमा अबरोध सृजना हुनेक्रम रहनसक्ने छ । सानो काम पनि अल्लि ठूलै परिश्रमले मात्रै सम्पादन हुनसक्ला । कहीँकतैबाट हुने अवमूल्यन जस्तो व्यवहारको पनि सामना गर्न पर्नसक्छ । सुधार आउनेछ विचलित नभई स्वकर्म तथा कर्तव्यमा रहनाले साँझबाट परिस्थितिमा सुधार आई समस्याहरु सुल्झिन थाल्नेछन् । क्रमशः मानसिक शान्ति बढ्ने र चैन मिल्ने छ ।

कर्कट : आजको दिन साँझसम्म लाभकर तथा ठिकै उपलब्धिमूलक रहने छ । विशेष कामलाई समय दिनु उपयुक्त हुनेछ । स्वजनबाट साथ सहयोग मिल्ने र व्यवसायमा स्तरोन्नति हुनेछ । प्रतिस्पर्धाजन्य काममा पनि विजयी भइनसक्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने तथा प्रशंसा पाइने छ । साँझबाट भने क्रमशः केही संघर्ष पर्ने देखिएको छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । विचार पुर्याएर आफ्नो कार्यमा लगनशील रहनसकेमा भने डराइहाल्न पर्नेछैन ।

सिंह : आजको दिन साँझसम्म लाभकर तथा ठिकै उपलब्धिमूलक रहने छ । विशेष कामलाई समय दिनु उपयुक्त हुनेछ । स्वजनबाट साथ सहयोग मिल्ने र व्यवसायमा स्तरोन्नति हुनेछ । प्रतिस्पर्धाजन्य काममा पनि विजयी भइनसक्ने छ । सामाजिक प्रतिष्ठा बढ्ने तथा प्रशंसा पाइने छ । साँझबाट भने क्रमशः केही संघर्ष पर्ने देखिएको छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । विचार पुर्याएर आफ्नो कार्यमा लगनशील रहनसकेमा भने डराइहाल्न पर्नेछैन ।

कन्या : आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका कामहरुलाई पूरा गर्नसकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भगवान सूर्यनारायणको भक्तिदर्शन गर्नु उपयुक्त हुनेछ ।

तुला : आजका दिन हुनलाई धर्मकर्म सम्पादन हुने र कर्मक्षेत्रको पनि उन्नति हुने खालको छ तर पनि अपेक्षित उपलब्धि प्राप्त गर्न ग्रहले अबरोध सृजना गरेको देखिन्छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्य चल्ने नै छन् । विद्वान एवं मान्यपक्षबाट अदृष्य रोकावट आउनसक्ने छ । मनोबललाई उच्च नै राख्नु उपयुक्त हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ ।

वृश्चिक : आजको दिन अपराह्नसम्म प्रतिकूल रहेपनि त्यसपछि सहज हुने ग्रहगोचर रहेको छ । शुरुमा मिथ्या लाञ्छना तथा अबरोध वा केही संघर्षजन्य स्थिति रहन सक्ने छ । क्रमशः बाधाकष्ट हट्न गई परिस्थितिमा सुधार आउनेछ । धार्मिक विचार र भावुकता बढ्ने छ भने कामकार्य तथा व्यवहारमा राहतको महसूस हुनेछ । व्यवसायिक क्षेत्रबाट लाभ मिल्ने छ भने समाजसेवा तथा राजकाजबाट पनि स्याबासी मिल्ने देखिन्छ । आफन्तहरुबाट पनि साथ सहयोग मिल्ने छ । गर्जो टार्न सकिने छ ।

धनु : आजको दिन त्यति सहज सोँचिहाल्न पनि मिल्ने छैन र डराइहाल्न पनि पर्नेछैन । स्वास्थ्यमा समस्या हुनसक्ने र कार्यक्षेत्रमा झमेला आइलाग्नसक्ने सम्भावना भने रहेको छ । धैर्य एवम् सहनशिलतालाई नै प्रमुखता दिनु उचित हुनेछ । सदाचार एवम् लगनशीलताले संघर्षको बाबजुत पनि कार्यमा आंशिक लाभ गर्नसकिने छ । नचिताएको मान्छेबाट केही साथसहयोग भई राहत मिल्नेछ । बोलीचाली एवम् जनव्यवहारको क्षेत्रमा निस्काम सिद्धान्तले कुशलता निर्वाह गर्न अभ्यास गर्नु बुद्धिमानी हुनेछ । दीर्घरोगीहरुले स्वास्थ्यमा बढी ध्यान दिनु होला ।

मकर : आजको दिन अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । साँझपछि आँटसाहस आरोग्यता बढ्ने छ । अल्लि बढी ईच्छाएको काममा केही अड्चन आउनसक्ने छ । खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिनसकिने छ ।

कुम्भ : आजको दिन साँझसम्मसम्म बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्नुहोला । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा सुधार आउने र विद्याबुद्धिमा प्रगति हुनेछ । आज निस्कने निस्कर्ष पनि उपयुक्त निस्कने देखिन्छ । विद्यार्थीवर्गको लागि थप फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ ।

मीन : आजको दिन साँझसम्म गोचरग्रह अनुकूल छ । कर्मक्षेत्रमा राम्रै सफलता हातलाग्ने छ । शारीरिक जोश जाँगर एवं पौरख बढ्ने छ । काममा मनग्य रुचि पनि लाग्नेछ । मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिन सकिने छ । साँझबाट भने क्रमशः जनव्यवहारमा तपाईको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउन जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुनसक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला । सम्भावित वादविवादबाट बच्नको लागि अत्यावश्यक सरोकार मात्रै राख्नु उचित हुनेछ । संघर्षबाट विचलित नभई स्वकर्ममा तल्लिन रहनाले अप्रत्यासित लाभ हुने पनि देखिन्छ ।
 

साइतः सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१८ बजेदेखि ६ः५८ बजेसम्म उद्धेग बेला
बिहान ६ः५८ बजेदेखि ८ः३९ बजेसम्म चर बेला
बिहान ८ः३९ बजेदेखि १०ः१९ बजेसम्म लाभ बेला
बिहान १०ः३९ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
मध्यान्ह १२ः०० बजेदेखि १ः४० बजेसम्म काल बेला
दिनमा १ः४० बजेदेखि ३ः२१ बजेसम्म शुभ बेला
दिनमा ३ः२१ बजेदेखि ५ः०१ बजेसम्म रोग बेला
दिनमा ५ः०१ बजेदेखि ६ः४२ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४२ बजेदेखि ८ः०१ बजेसम्म चर बेला
राति ८ः०१ बजेदेखि ९ः२१ बजेसम्म लाभ बेला
राति ९ः२१ बजेदेखि १०ः४० बजेसम्म अमृत बेला
राति १०ः४० बजेदेखि १२ः०० बजेसम्म काल बेला
राति १२ः०० बजेदेखि १ः१९ बजेसम्म शुभ बेला
राति १ः१९ बजेदेखि २ः३८ बजेसम्म रोग बेला
रातिमा २ः३८ बजेदेखि ३ः५८ बजेसम्म उद्धेग बेला
रातिमा ३ः५८ बजेदेखि ५ः१७ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ