arrow

एक टन क्रिस्टल मेट लागुऔषध बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
thailand1.jpg

काठमाडौँ । थाई अधिकारीहरूले मुलुकमा अहिलेसम्मको सबैभन्दा ठूलो अवैध लागुऔषध बरामदमा एक टन क्रिस्टर मेथामफेटामाइन फेला पारेको प्रहरीले आइतबार बताएको छ । 

अन्तर्राष्ट्रिय बजारमा दुई करोड ५० लाख डलरभन्दा धेरैको अनुमानित मूल्यको उक्त सामान अधिकारीहरूले शुक्रबार मध्य नाखोन नायोक प्रान्तमा एउटा पिकअप ट्रकलाई रोक्दा फेला पारेका थिए । 

कार्यवाहक राष्ट्रिय प्रहरी प्रमुख किथारथ पुनपेचका अनुसार प्रहरी, सेना र स्थानीय अधिकारीले धेरै तस्करी गिरोहको निगरानी गरिरहेको र ठूलो मात्रामा लागुऔषध स्थानान्तरण गर्ने योजना थाहा पाएका थिए । उक्त लागुऔषधलाई सामान्यतया सडक नाम ‘आइस’ भनिन्छ ।

ट्रकमा लागुऔषधको ४० वटा ब्याग पाइएको र तिनीहरूको तौल कूल एक टन रहेको किथारथले पत्रकार सम्मेलनमा जानकारी दिए । ट्रक चालकलाई पक्राउ गरिएको छ तर अनुसन्धानकर्ताहरूका अनुसार तस्करीको नेटवर्कका प्रमुख छिमेकी मुलुकमा बस्ने थाई नागरिक हुन् ।

उत्तरी थाइल्यान्ड, लाओस र म्यान्मा जोडिएको कथित ‘गोल्डेन ट्र्याङ्गल’ क्षेत्रमा उत्पादित अवैध लागुऔषधका लागि उक्त प्रान्त प्रमुख ट्रान्जिट मार्ग हो । म्यान्मा एम्फाटामाइनको प्रमुख स्रोत हो । 

यसको अधिकांश उत्पादन जातीय अल्पसङ्ख्यक सशस्त्र समूहले नियन्त्रण गरेको सीमावर्ती क्षेत्रहरूमा अवैध प्रयोगशालाहरूमा गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ