arrow

जोशी र ढकालले पाए एआईजीको दर्ज्यानी चिह्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा भएका दुई एआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डीआईजी डा देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आइतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । 

उनले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताए । 

पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ-आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ