arrow

कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
congress-parliament-81-1-28.jpg

काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । 

संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । 

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ । 

सरकारले संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहँदा संसदीय काम कारबाही अघि बढ्न सकेको छैन । 

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

कांग्रेसले भने आफूहरूले राखेको माग पूरा नभएसम्म संसद सहज रूपमा अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको छ ।

 संसदीय छानबिन समिति बनाउन आइतबार बालुवाटारमा कांग्रेसका शीर्ष नेतासहित प्रधानमन्त्रीको बैठक बसेको थियो । 

जसमा आजसम्म निष्कर्षमा पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । 

आजको कांग्रेस संसदीय दलको बैठकमा मंगलवारको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ