arrow

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
cit-chirayu-mou-2081.jpg

काठमाडौँ । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रालीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतामा कोषकी निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सीएन वैद्यले हस्ताक्षर गरेका हुन् । 

अब कोषका सहभागी, शेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ । कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डाइग्नोष्टिकमा १० र औषधि खरिदमा ५ प्रतिशत छुट पाउने छन् भने उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

सहभागी र सहभागीका परिवारलाई बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा  ५ र एम्बुलेन्स सेवामा २५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ । 


 



नयाँ