arrow

बलात्कारका दोषी सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
sandeep-lamichhane-2080.jpg

काठमाडौँ । बलात्कारका दोषी सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ । 

काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो । 

वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको भए पनि हेर्न नमिल्ने भन्दै पन्छाइएको थियो । 

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर भएपछि आठ वर्षको जेल सजाय सुनाएको थियो । 

जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ