बलात्कारका दोषी सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
880
Shares
काठमाडौँ । बलात्कारका दोषी सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पहिलो नम्बरमा परेको भए पनि हेर्न नमिल्ने भन्दै पन्छाइएको थियो ।
जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर भएपछि आठ वर्षको जेल सजाय सुनाएको थियो ।
जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।