arrow

श्रीविष्णुकाे प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ जेठ ३ गते बिहीबार, इस्वीसंवत मे १६ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको अष्टमी तिथि बिहानमा ७ः५२ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा मघा बिहानमा ९ः४१ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी लाग्नेछ । विष्कुम्भादि योगमा ध्रुव १२ घटि २४ पलासम्म त्यसपछि व्यातिपात योग लाग्नेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा राक्षस रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३३ घटि ४० पला अर्थात १३ घण्टा ३२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१७ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः४३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा १२ः२९ बजे र अस्ताउने समय रातिमा १ः०९ बजे रहेको छ । आज सीता जयन्ती र गोरखकाली पूजा गर्ने दिन रहेको छ ।

आजको राशिफल :

मेष : आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् ।

वृष : समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग आज भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ ।

मिथुन : समय त्यत्ति शुभ छैन । आत्मिय मित्रका सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहँुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ ।

कर्कट : समय निकै महत्वपूर्ण छ । आफन्त तथ मावली पक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।

सिंह : समय खराब छ । विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला नतिजा राम्रो आउने छैन । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ने देखिन्छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ ।

कन्या : समय राम्रै छ । विभिन्न अवसरहरु आउने देखिन्छ । पढाई लेखाईमा सोचे जस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुनाले घर परिवारमा खुशीयाली छाउनेछ ।

तुला : समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसँग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सृजना हुन सक्छ । अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ, ध्यान दिनुहोला ।

वृश्चिक : समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आइलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिको महसूस हुनेछ । आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : समय राम्रो छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । दक्षिणतर्फको यात्रामा सतर्क हुनुहोला ।

मकर : स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका श्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आय श्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । भौतिक वस्तुबाट लाभ पाइनेछ ।

कुम्भ : दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । भाग्यले साथ दिने हुदा सानो प्रयत्नले कामहरु बन्नेछन् । आज नयाँ काम पाउने योग रहेको छ ।

मीन : समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाइ तथा छिमेकिसँग अनावश्यक विवाद हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

साइतः सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१५ बजेदेखि ६ः५६ बजेसम्म शुभ बेला
बिहान ६ः५६ बजेदेखि ८ः३७ बजेसम्म रोग बेला
बिहान ८ः३७ बजेदेखि १०ः१९ बजेसम्म उद्धेग बेला
बिहान १०ः१९ बजेदेखि १२ः०० बजेसम्म चर बेला
मध्यान्ह १२ः०० बजेदेखि १ः४० बजेसम्म लाभ बेला
दिनमा १ः४० बजेदेखि ३ः२२ बजेसम्म अमृत बेला
दिनमा ३ः२२ बजेदेखि ५ः०४ बजेसम्म काल बेला
दिनमा ५ः०४ बजेदेखि ६ः४५ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४५ बजेदेखि ८ः०३ बजेसम्म रोग बेला
राति ८ः०३ बजेदेखि ९ः२२ बजेसम्म उद्धेग बेला
राति ९ः२२ बजेदेखि १०ः४१ बजेसम्म चर बेला
राति १०ः४१ बजेदेखि ११ः५९ बजेसम्म लाभ बेला
राति ११ः५९ बजेदेखि १ः१८ बजेसम्म अमृत बेला
राति १ः१८ बजेदेखि २ः३७ बजेसम्म काल बेला
रातिमा २ः३७ बजेदेखि ३ः५८ बजेसम्म शुभ बेला
रातिमा ३ः५८ बजेदेखि ५ः१७ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ