arrow

आज मदन-आश्रित स्मृति दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
madan-ashrit.jpg

काठमाडौँ । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दै छन् । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

 सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक् मानिन्छ । 

मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ